आमाको वार्षिकीमा अपाङ्ग आश्रमलाई खाधान्न सहयोग

नारायण वली
२२ भाद्र २०७७, सोमबार १९:५६

बुटवल । बुटवलका एक समाजसेवीले आफ्नी आमाको दोस्रो वार्षिकीमा अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाईरस महामारीको संकटको वेला पृतीहरुको नाममा गरिने वार्षिकी कार्यलाई  लकडाउनले समस्यामा परेका अपाङ्ग तथा दृष्टि विहिनहरुलाई सहयोग स्वरुप ५ हजार वरावरको खाद्यान्न सहयोग गरेका हुन् ।

बुटवल उप–महानगरपालिका २, बुटवलका मिलेन्द्र श्रेष्ठले आफ्नी आमा स्व.विनुपा श्रेष्ठको स्वर्गारोहणको दोस्रो वार्षिकीको अवसरमा बुटवल -१५ उजेलापुर स्थित अपाङ्गहरुले आफै नै जोहो गरी भाडामा वस्दै आएका करिव १७ जना अपाङ्ग तथा दृष्टिविहिनहरुलाई उक्त राहत प्रदान गरेका हुन् । राहतमा चामल, दाल, सोयोविन, नुन, भुजा र तेल लगायत दिइएको हो ।

श्रेष्ठ भन्छन्, पृतीको आत्माले शान्ति पाओस भन्ने उद्देश्यले मानविय सहयोगमा आमाको वार्षिकीमा लाग्ने खर्च अपाङ्गहरुलाई दिएको वताए । उनले भने, हरेक वर्ष आमाको वार्षिकीमा कुनै सामाजिक एंव मानविय क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्ने जनाएका छन् ।

श्रेष्ठ विगत लामो समयदेखि  धार्मिक, राजनितिक र सामाजिक क्रियाकलापमा निरन्तर सक्रिय  रहदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*