कपिलवस्तुमा भदौ ३१ सम्म थपियो लकडाउन

अत्यावश्कीय सेवा मात्र संचालन हुने, सामान किन्न बिहान ८ बजे देखि दिउसो १ बजे सम्म
खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार १४:०४

कपिलवस्तु । कोरोना संक्रमण फैलने अझै जोखिम रहेको भन्दै कपिलवस्तमुा फेरी भदौ ३१ सम्मकालागि लकडाउन थपिएको छ । सोमवार राति १२ बजे सम्मका लागि लकडाउन गरिएकोमा आगामी नौ दिनकालागि लकडाउन थपिएको हो । जिल्लामा गत साउन २२ गतेबाट लकडाउन कायम छ ।

जिल्लामा १ हजा १५७ कोरोना संक्रमति रहेको र त्यस मध्ये १ सय ६९ जना सकृय संक्रमित छन । समुदाय स्तरमा तीब्ररुपमा संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि लकडाउन थपिएको प्रजिअ दीर्घ नारापण पौडेलले बताए । सो निर्णय पछि अत्यावश्यक सेवा प्रदान गर्ने पसल र कार्यालय बाहेक सबै सेवाहरु बन्द छन ।

अत्यावक सेवा प्रदान गर्ने सरकारी कार्यालय बाहेक सबै सरकारी कार्यालय, बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । बैकिङ संस्था, बिधुत , खानेपानी, दुरसंचार कार्यालय भने नियमित हुने छन । प्रजिअ दीर्घ नारायण पौडेकाको अध्यक्षतामा जिल्ला कोरोना बिपद ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । सजगता अपनाई संक्रमणको बिस्ताररोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।

उद्योग कलकारखाना संचालन गर्न पाईने निर्णय भएको छ । खादान्न तथा तरकारी पानी माछा लागतयका अत्यावश्कीय बस्तु किन्नका लागि बिहान ८ बजे देखि दिउसो १ बजे सम्मको समय तोकिएको छ ।

जिल्लाका ३ उद्योग बाणिज्य संघले आईतवार लकडाउन हटाई उद्योग ब्यवसायकालागि सहज वातावरण बनाउन आग्रह गर्दै प्रशासन र जिल्लाका १० वटै पालिकामा ध्यानाकर्षण गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*