कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि

खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार १४:४३

बुटवल । कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय उनको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्यु पछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

उनमा मधुमेह , उच्चरक्तचाप र मिर्गौलाको पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि थिए ।

यसैबीच नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति निकालेर मृतक पत्रकारप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*