पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार १८:३९

कठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले मंगलबारको नियमित मिडिया लाइभ अपडेटमा ३०७ जना महिला र ५९५ जना पुरुषमा कोरोना पुष्टी भउको बताउनुभएको छ । यो संगै देशभर संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २,२८७ जना कोरोना संक्रमित निको भएका छन् । यस संगै देशभर हालसम्म ३२,९६४ जना कोरोना मुक्त भएको छन् । त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै देशभर हाल सम्म ३०६ जनाकोरोना संक्रमितको मृत्यु भएको छ ।  यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ ।

कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका २ जना, ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुनसरीका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३३ जना, बाराका १२ जना, पर्साका १४ जना, महोत्तरीका ४ जना, रौतहटका ८ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिरहका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जना, मकवानपुरका २४ जना, रामेछापका एक जना, ललितपुरका ३८ जना सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ७ जना, पर्वतमा एकजना, बागलुङका १० जना, स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कर्घाखाँचीका एक जना, कपिलवस्तुका एक जना, गुल्मीका एक जना, दाङका ३ जना, नवलपरासीका एक जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्देहीका २१ र रोल्पाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका एक जना र सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ९ जना, कैलालीका ७७ जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*