वि.पी.जयन्तीमा काँग्रेसको भिडियो अन्तरसंवाद : अन्तरसंवादमा जोडिन नेता कार्यकर्तालाई आग्रह

खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार १९:१५

बुटवल। नेपालीकाँग्रेसका संंस्थापक नेता स्वर्गीय वीपि कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस रुपन्देहीले भिडियो अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ ।
जननायक वी.पि. कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपालीकाँग्रेस र नेपालको राजनीतिक अवस्था विषयमा आयोजना गरिएको अन्तर संवाद कार्यक्रम बुधबार बिहान ११ बजेदेखि सञ्चालन हुने नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्रीअब्दुल रज्जाकले जानकारी गराउनुभयो ।

जुमप्रविधिको माध्यमबाट आयोजना गरिने भिडियो अन्तरसंवा दकार्यक्रममा नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोईराला, नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योगपति तथा प्रतिनीधि सभा सदस्य बिनोद चौधरी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नेपाली काँग्रेस रुपन्देहीले तय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

पार्टीका संस्थापक नेता कोईरालाले नेपालको राजनीतिक परिवर्तनमा दिएको योगदान, उहाँ लिएको नीति तथा सिद्धान्त तथा अहिलेको राजनीतिक तथा पार्टीको अवस्थाको बारेमा छलफल हुने उहाँले जानकारी गराउनुभयो ।

त्यस्तैगरी दुई तिहाईको कम्युनिष्ट सरकारले गरेका कामका बारेमा समेत समिक्षा गरिनेछ भने विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि गरिएको लकडान बाहेक ६ महिना बितिसक्दा पनि सरकारको तर्फबाट अन्य कुनै प्रकारको तयारी नगरेको तर्फ सरकारको ध्यानाकर्षण गराईने सभापति रज्जाकले बताउनुभयो ।

भिडियो अन्तरसंवाद संक्षिप्त रुपमा हुने र उक्तअन्तर संवादकार्यक्रममाजोडिनका लागिआम नेता कार्यकर्ता, शुभचिन्तक पत्रकार सबैलाई नेपालीकाँग्रेस रुपन्देहीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*