बुटवलमा सडक बेसाहाराको नि:शुल्क पिसीआर परीक्षण

खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार २०:४१

बुटवल । बुटवल उपमहानगरले सडकमा रहेका बेसाहाराहरुको उद्धार गरि निःशुल्क पिसिआर परीक्षण गरेको छ । बुटवललाई यसअघि नै  सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा अनुरुप सडकमा फेला परेका  बेसहारालाई तत्काल उद्धार गरिंदै आएको उपमहानगरपालिकाले बताएको छ ।

सडकमा जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी उनिहरुको जिवन रक्षाका लागी पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहाराहरुको उद्धार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको उहाँले बताउनुभयो । तिमध्ये आठ जनाको पिसिआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ ।


बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्धार हुँदा प्रदेश ५ भरि ४५ जनाको उद्धार गरिएको छ । बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिक बचाउने गरि पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । लैंगिकहिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको उहाँले बताउनुभयो ।

बुटवल उपमहानगरले यसअघि नै मृगौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*