बितेको २४ घण्टामा मुलुकभर थप १ हजार ८१ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२४ भाद्र २०७७, बुधबार १९:१८

काठमाण्डौं । बितेको २४ घण्टामा मुलुकभर थप १ हजार ८१ जनामा कोरोना पुष्टी भएको बुधबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । यो संगै हालसम्म कुलसंक्रमितको संख्या ४९,२१९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ९१८ जनामा कोरोना निको भएको छ । भने हालसम्म कोरोना निको हुनेको संख्या ३३ हजार ८८२ पुगेका छन् ।

त्यसैगरी बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । जसमध्य काठमाण्डौमा ८३ बर्षिया महिला र ६७ बर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कास्कीमा ७३ बर्षिया महिला, अर्घाखाँचीमा ४२ बर्षिय परुष, बाँकेमा ८० बर्षिया महिला र नवलपरासीमा ६४ बर्षिया पुरुषको मृत्यु भएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*