बितेको २४ घण्टामा देशभर १,२४६ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२५ भाद्र २०७७, बिहीबार २०:०७

काठमाण्डौं। बितेको २४ घण्टामा देशभर १,२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बिहिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोनाबाट निको भएका छन् । यो संगै हाल सम्म निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।

यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*