पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२६ भाद्र २०७७, शुक्रबार १९:०९

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार नियमति लाइभ अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४६३ जना महिला र ९९१ जनामा कारोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार आज १० हजार ७ सय १ पीसीआर परीक्षण भएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मृतक ५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षीय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*