रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

खबरपथ संवाददाता
२७ भाद्र २०७७, शनिबार १०:२७

बुटवल । बुटवलको धागोकारखाना स्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका ४० बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभएको छ ।
उनी स्वासप्रश्वास र ज्वरोको समस्या भई यही १४ गते अस्पताल भर्ना भएका थिए । दिर्घरोग नभए पनि अवस्था जटिल भई गएराती १२ः३० बजे मृत्यु भएको डा.गौतमले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*