कोरोना जितेका परिवारलाई टोलवासीद्धारा पुष्पगुच्छा सहित बधाई

सिता बराल
२७ भाद्र २०७७, शनिबार १८:००

बुटवल । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्धारा सहयोग नपाएको अवस्थामा बुटवल बेलबास भानुपथमा होमआइसोलेशनमा बसेर निस्किएका एकै परिवारका ३ जनालाइ पुष्पगुच्छा सहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन् ।
बुटवल -१३ बेलबास भानुपथमा रहेका एकै परिवारका ३ जनालाई शनिवार जनप्रतिनिधि र छिमेकीले पुष्पगुच्छाले स्वागत र सम्मान गरेका छन । भानुपथ निवासी आइटी इन्जिनिएर बिबेक भुषाल उहाको ९ महिनाको छोरा अनि भान्जी सहित परिवारलाई जनप्रतिनिधि बेदप्रसाद गैरे , आमा समुहका अध्यक्ष गिरा बराल लगायत टोल समितिका अध्यक्ष  सहित टोलवासीले पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका थिए ।


आज २१ औ दिनसम्म कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए । होम आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै भुसालले सबैप्रति आभार व्यक्त गरेका थिए । कोरोना निको भएका  भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जन प्रतिनिधि बेदप्रसाद गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरे ।
जन प्रतिनिधि बेदप्रसाद गैरेले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*