पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२७ भाद्र २०७७, शनिबार १८:५२

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना पुष्टि भएको शनिवार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया लाईभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना मुक्त भएका छन । योसंगै नेपालमा हाल सम्म कोरोना निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*