पछिल्लो २४ घण्टामा देशभर थप १०३९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२८ भाद्र २०७७, आईतवार १९:११

कठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप १०३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आईतवारको नियमित मिडिया अपडेटमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यससंगै कोरोना संक्रमितको संखया ५४,१५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १,१७३ जनामा कोरोना निको भएको छ । योसंगै देशभर हालसम्म कोरोना निको हुनेको संख्या ३८,६९७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै हालसम्म देशभर कोरोना संक्रमितको मृत्युहनेको संख्या ३४५ पुगेको मन्त्रालयले जनाएको छ ।  नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*