रुपन्देहीमा निषेधआज्ञा असोज ४ सम्म थप

खबरपथ संवाददाता
२९ भाद्र २०७७, सोमबार ११:३१

बुटवल । रुपन्देहीमा जारी निषेध आज्ञा असोज ४ सम्म थप गरिएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको आईताबार बसेको बैठकले गरेको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा प्रशासनले असोज ४ गते सम्म एक साताका लागी निषेध आज्ञा थप गरेको हो ।

जारी गरिएको निषेधआज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् । जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका गाडीहरु संञ्चालन गर्न पाउनेछन् ।

त्यसैगरी होटेलहरुले टेक–अवे सेवा दिन पाउनेछन् । त्यसैगरी पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

शैक्षिक संस्था लगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ । त्यसैगरी बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने आदेशमा उल्लेख छ ।

यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*