कपिलवस्तुका २ जना कोरोना संक्रमितको मृत्यु

खबरपथ संवाददाता
२९ भाद्र २०७७, सोमबार १२:२७

बुटवल । कपिलवस्तुका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको धागोकारखाना स्थित कोरोना बिशेष अस्थायी अस्पताल र भीम अस्पताल भैरहवामा उपचाररत कपिलवस्तु शिवराज नगरपालिका ५ का २ जनाको मृत्यु भएको हो ।
बुटवलको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारत कपिलबस्तुको शिवराज नगरपालिका ५ की ४७ बर्षिया महिलाको सोमबार बिहान मुत्यु भएको हो ।

यही भदौं २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भईरहेकोमा आज बिहान ४ः३० मा मृत्यु भएको सूचना अधिकारी डा.बिष्णु गौतमले जानकारी दिनुभयो । उनी मृगौला रोगबाट पिडित रहेको र डायालसिस गराईरहको विरामी रहेको डा. गौतमले बताउनु भयो ।

त्यसैगरी भैरहवाको भिम अस्पतालमा उपचाररत कपिलबस्तुको शिवराज नगरपालिका – ५ का ५८ बर्षिय संक्रमित पुरुषको मृत्यु भएको हो ।
दमको समस्या देखिएका उनको राती १०:२६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनको यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*