पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२९ भाद्र २०७७, सोमबार २०:३६

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि भएको स्वास्थ मन्त्रालयको सोमबार नियमित मिडिया लाईभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो संगै देशभर कोरोना संक्रमितको संख्या ५२,३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३९,५७६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै हाल सम्म नेपालमा ३६० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*