कसौधन महिला समितिद्धारा खाधान्न बितरण

खबरपथ संवाददाता
३० भाद्र २०७७, मंगलवार ०७:२६

भैरहवा । राष्ट्रिय बाल दिवसको अवसर पारेर कसौधन महिला समिति रुपन्देही सिद्धार्थ बाल आश्रममा खाधान्न सहयोग गरेको छ ।  कोभिड–१९ को कारण सबै क्षेत्र मारमा परेको र बाल आश्रममा रहेका बालबालिकाहरुलाई गाह्रो नहोस भन्ने उद्देश्यले खाधान्न सहयोग गरेको आयोजकले बताए । कसौधन सेवा समितिकी अध्यक्ष पूनम कसौधनले बाल दिवसको दिनलाई यो भन्दा राम्रो उपहार नभएको बताईन । उनले दिवसकै दिन बाल आश्रम सञ्चालक सित सल्लाह गरेर २२ हजार बराबरको खाधान्न प्रदान गरिएको जानकारी दिईन । चामल, दाल, चिनि, बिस्कुट, चिउरा लगायतका सामाग्रीहरु प्रदान गरिएको कसौधनले बताईन । उनले भविष्यमा समेत यस्ता सहयोगले निरन्तरता पाउने बताईन ।


बालआश्रममा सुरुका दिनमा खाधान्नको कमि नरहे पनि बिस्तारै खाधान्न कै अभावमा बालआश्रम सञ्चालन गर्न कठिनाई भैरहेको अवश्थामा खाधान्न सहयोग गरेर कसौधन महिला समितिले गुन लगाएको आश्रमकी सञ्चालिका कृष्णमाया गुरुङ्गले बताईन । उनले दाताहरुको सहयोग आईरहे पनि कोरोनाकै कारण दुरी अपनाउदा अहिले खाधान्न अभाव हुदै गएको दुखेसो गरिन । आश्रमको भैरहवा केन्द्रमा ११ जना र लुम्बिनीमा ८ जना गरि १९ जना बालबालिका रहेको गुरुङ्गले बताईन ।
कसौधन महिला समितिकी अध्यक्ष पूनम कसौधनको अध्यक्षता एवम उपाध्यक्ष प्रियंका कसौधनको सञ्चालनमा सम्पन्न भएको खाधान्न वितरण कार्यक्रममा कसौधा समाजका सदस्य सुर्य कसौधन, अजय कसौधन लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*