लुम्बिनी वाणिज्यमा संचालित स्वायत्त कार्यक्रमको परीक्षा तालिका सार्वजनिक

खबरपथ संवाददाता
३० भाद्र २०७७, मंगलवार १७:०७

बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ ।
भाद्र ३० गते मंगलबार बुटवलमा वसेको स्वायत्त परीक्षा संचालक समितिको बैठकले एम.वि.ए.–वि.एफ. प्रथम शत्रान्त, एम.वि.ए.–वि.एफ. तेश्रो शत्रान्त र वि.वि.ए.–एफ.ए. दोश्रो शत्रान्तको परीक्षा भौतिक दुरी कायम गर्दै बुटवलमा संचालन गर्ने निर्णय गरेको हो । सार्वजनिक सुचना अनुसार एम.वि.ए.–वि.एफ. तेश्रो शत्रान्तको परीक्षा २०७७ कार्तिक १७ गतेदेखि, एम.वि.ए.–वि.एफ. प्रथम शत्रान्तको परीक्षा मंसिर ७ गतेदेखि र वि.वि.ए.–एफ.ए. दोश्रो शत्रान्तको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन हुने भएको हो ।

भाद्र महिनामै हुनुपर्ने परीक्षा बढ्दो कोरोना संक्रमणका कारण हुन नसकेको र ढिलो गरि भएपनि विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्ने चाहनाका साथ कार्तिकबाट गर्न लागिएको क्याम्पसले जनाएको छ । परीक्षा सम्बन्धी सूचनामा परीक्षा केन्द लुम्बिनी वाणिज्य क्याम्पस रहने भनि उल्लेख गरिएको छ भने तोकिएको परीक्षा मितिमा कुनै आकस्मिक विदा पर्न गएमा पनि क्याम्पसको जानकारी विना परीक्षा स्थगन नहुने व्यहोरा समेत सूचनामा उल्लेख छ ।

परीक्षा उच्च सतर्कता अपनाउदै आवश्यक भौतिक दुरि कायम गर्दै स्वास्थ्य मापदण्ड अवलम्बन गरी सुरक्षाका साथ संचालन गर्न लागिएको क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । साथै उहाँले एक दिनमा एक तहको परीक्षा मात्र संचालन गरिेने, परीक्षार्थीलाई दुई/दुई मिटरको दुरिमा राखिने, परीक्षा सकिएपछि परीक्षा कोठा निर्मलीकरण गरिने, विद्यार्थीहरुलाई मास्क पञ्जा अनिवार्य गराइने, स्यानिटाइजरको व्यवस्था गरिने, विद्यार्थीहरुलाई परीक्षा सुरु हुनुपुर्व र पछि पनि समुहमा बस्न नदिइने लगायतको प्रवन्ध गर्न लागिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*