पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
३० भाद्र २०७७, मंगलवार १८:४३

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना पुष्टी भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया अपडेटमा प्रवरक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १,०६२ जना कोरोना निको भएका छन् । यो संगै हालसम्म कोरोना निको हुनेको संख्या ३९,५७६ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म ३७१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*