लामोदूरीका सवारी र आन्तरिक उडान असोज १ गते देखि खुल्ने

खबरपथ संवाददाता
३० भाद्र २०७७, मंगलवार १९:५२

कठमाण्डौं । सरकारले लामोदुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेदेखि सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
मन्त्रि ज्ञवालीका अनुसार सवारी भाडामा ५० प्रतिशत बढी लिन पाईनेछ ।  यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसैगरी होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, स्यानिटाइजर अनिवार्य गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*