पछिल्लो २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
३१ भाद्र २०७७, बुधबार १९:३९

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप १,५३९ जनामा कोरोना पुष्टि भएको बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।
त्यसैगरी बितेको २४ घण्टामा १,०६८ जनामा कारोना निको भएको छ । योसंगै देशभर हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४१,७०६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ जना कारोना संक्रमितको मृत्यु भएको छ । यो संगै देशभर कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता डा गौतमले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*