ग्लोबल आवाज अनलाइनको कार्यालयमा आक्रमण, समाचार शाखामा क्षति

खबरपथ संवाददाता
१ आश्विन २०७७, बिहीबार १२:४४

बुटवल । ग्लोबल आवाजको कार्यालयमा अज्ञात व्यक्तिद्वारा आक्रमण भएको छ । ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाज डटकमको बुटवल ११ अवस्थित कार्यालयमा गएराती ढुङ्गा प्रहार भएको हो । अनलाइनको समाचार शाखामा ढुङ्गा प्रहार भएको हो ।
घटना बारे प्रहरीले अनुसन्धान थालेको छ । घटनापछि स्थलगत निरीक्षण गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले घटना प् रति खेद व्यक्त गरेका छन् । कुनै पनि सञ्चार गृहमाथि भौतिक रुपमा आक्रमण हुनु निन्दनिय भएको उनले बताए ।
यसैगरी सञ्चार गृहका सञ्चालक तथा प्रवन्धक गौतम भुसालले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् । यसैगरी ग्लोबल अनलाइनका सम्पादक एनबी कंडेलले घटनाको निन्दा गर्दै तत्काल दोषी पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
कुनै पनि मिडिया हाउसमा आक्रमण हुनु निकै निन्दनीय र प्रेस स्वतन्त्रता माथि कै प्रहार भएकाले खबरपथ डट.कम. सो घटनाका दोषिलाइ तत्काल कानुनी कारबाहीको माग गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*