भर्चुअल वक्तृत्वकलामा अप्सना प्रथम

खबरपथ संवाददाता
१ आश्विन २०७७, बिहीबार १९:४१

बुटवल । सामाजिक विकास मन्त्रालयले राष्ट्रिय विज्ञान दिवस –२०७७ को अवसरमा × आजका विद्यार्थी र विज्ञान प्रविधि“ शीर्षकमा विहिवार प्रदेश स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिताको सम्पन्न गरेको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियागितामा तानसेन नगरपालिका ४ पाल्पा स्थित मिलेनियम सेकेन्डरी स्कुलकी अप्सना काम्मु प्रथम हुनु भएको छ । त्यसैगरी उ.म.न.पा. ४ रुपन्देही स्थित अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कुलकी रीता अधिकारी द्धितीय र कोहलपुर न. पा.१० बाँके स्थित त्रिभुवन नमुना मा.वि.का आशिष उपाध्याय तृतीय भएका शाखा अधिकृत वेगम केसीले जानकारी दिनु भयो ।

त्यसैगरी तिलोत्तमा न.पा. ५ रुपन्देही शान्ति नमुना मा.वि.की सन्ध्या वास्ताकोटी र कपिलवस्तु बहुमुखी क्याम्पसकी गायत्री गुप्ताले सान्तवना स्थान हासिल गर्नु भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगिले क्रमश १० हजार, ७ हजार ५ हजार र २ हजार तथा प्रमाणपत्र प्राप्त गर्नु भएको छ । विज्ञान प्रविधिमा दख्खल राख्ने विद्यार्थीको सिकाई क्षमता वृद्धि भएको र प्रभावकारी भएको कुरामा प्रतियोगी विद्यार्थीहरुले जोड दिएका निर्णायक समितिका संयोजक सामाजिक विकास मन्त्रालयका उपसचिव मनोज गैरेले जानकारी दिनुभयो । उप सचिव गैरे, डा कृष्ण घिमिरे, माधव काफ्ले निर्यायक समितिमा हुनुहुन्थ्यो । भर्चुअल माध्यमबाट भएको उक्त प्रतियोगितामा २४ जना प्रतियोगिको सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*