पछिल्लो २४ घण्टामा थप १,२४६ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१ आश्विन २०७७, बिहीबार २०:३९

काठमाण्डौं ।  पछिल्लो २४ घण्टामा थप १,२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा जानकारी दिनुभएको छ । योसंगै देशभर हालसम्म कोरोना संक्रमितको संख्या ५९,५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १,२४२ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै देशभर हालसम्म ४२,९४९ जनामा कोरोना निको भएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको मृत्य हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*