सातौं परिवार योजना दिवसको अवसरमा मन्त्री बरालद्धारा शुभकामना ब्यक्त

खबरपथ संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०८:४६

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सातौं परिवार योजना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

मन्त्री बरालले ‘कोभिड–१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ आज (शुक्रवार) मनाउन लागिएको सातौँ परिवार योजना दिवसका अवसरमा शुभकामना दिँदै उहाँले परिवार योजना सेवा महिला तथा पुरुषको प्रजनन् स्वास्थ्यको एउटा अभिन्न अंग रहेको र यस सेवालाई आधारभुत अधिकारको रुपमा नेपालको संविधानमा अंगिकार गरिएको स्मरण गर्दै मातृ तथा नवजातशिशु मृत्युदर र रुग्णता घटाई स्वास्थ्य र दिगो विकासका लक्ष्य प्राप्तिका लागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको अवगत गराउनुभएको छ ।

शुभकामना सन्देशमा प्रदेशको विशिष्ट जनसांख्यिक संरचना अनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता महशुस हुँदै गएको बताउनुभएको छ । त्यसैगरी शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, सांस्कृतीक समुदायका मुल्य र मान्यता तथा आजको वैज्ञानिक युग तथा योजनामा तादाम्यता मिलाउन सामान्य र विशिष्ट योजनाहरुको आवश्यकता देखिएको बताउनु भएको छ । त्यसैगरी विविधतायुक्त वर्ग जाति, भौगोलिकता, बनावट र उमेर, पेशा व्यवसाय अनुसार समेत परिवार योजना व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिदै आएको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले यस बिषयलाई आफ्नो ५ बर्षिय आवधिक योजनामा प्रााथमिकतामा राखी सेवाको पहुंच बढाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको र हाल कोभिड –१९ को यस परिवेशमा पनि सेवाको सुनिश्चिताको लागि स्वास्थ्यकर्मीले सुरक्षात्मक विधि अपनाई निरन्तर रुपमा परिवार योजनाको सेवा दिइरहेको बताउनु भएको छ । यसैगरि विभिन्न निकायको सहकार्यमा जिल्लाहरुमा भिजिटिङ्ग सेवा प्रदायक तथा हेल्पलाइन मार्फत पनि सेवा र परामर्श दिने व्यवस्था मिलाइएको छ । तसर्थ सेवा प्रदायक तथा सेवाग्राही दुवैलाई यस सेवाको निरन्तरता र उपयोगको सुनिश्चिताको लागि समेत आब्हान गर्नु भएको छ ।
उहाँले सातौं परिवार योजना दिवसले महिला तथा पुरुषको परिवार योजना सेवाको मागलाई पूर्ति गर्दै यस कोभिड–१९ को बिषम परिस्थितिमा पनि सबै स्वास्थ्य संस्थाबाट नियमित रुपमा गुणस्तरीय परिवार योजना सेवाको निरन्तर सुनिश्चिितता गर्न सफल हुनेछ भन्ने बिश्वास दिलाउंदै शुभकामना ब्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*