लाैहपुरुष गणेशमान सिंहको २३ औं स्मृतिमा माल्यार्पण

खबरपथ संवाददाता
२ आश्विन २०७७, शुक्रबार १०:५९

बुटवल । लौहपुरुष गणेशमानसिंहको २३ औं स्मृतिमा नेपाली कांग्रेस बुटवल नगरसमितिद्धारा स्वा. गणेशमानको शालिकमा माल्यार्पण गरिएको छ । नेपाली राजनितिका आदर्श पुरुष स्व.गणेशमान सिंहको स्मृतिको अवसरमा बुटवल नगरपार्टी कार्यालयको गणेशमान स्मृति भवनमा आयाजित कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो ।

उक्त कार्याक्रममा बोल्दै प्रमुख अथिति नेपाली काँग्रेस रुपन्देही २ का सभापति हरि लम्सालले प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेल्नु भएको नेतृत्वदायी भूमिकाको स्मरण गर्नुभयो । उहाले गणेशमानको त्याग र इमान्दारिता कस्तो थियो भन्ने कुरा सबैदलले सिक्न जरुरी रहेको बताउनुभयो ।

उक्त माल्यार्पण कार्यक्रममा कांग्रेस नगर सभापति खेलराज पाण्डेयले वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गर्नु भएका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको बताउनुभयो ।

नगर सचिब ज्योति भण्डारीले सिंहले देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो निकास पाउने बताउनुभयो । सभापति पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब भण्डारीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*