पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२ आश्विन २०७७, शुक्रबार २२:०७

कठमाण्डौं । पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना पुष्टी भएको शुक्रवार स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसंगै नेपालमा हाल सम्म संक्रमितको संख्या ६१ ह्जार ५९३ पुगेको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा हाल सम्म कोरोना निको हुनेको सख्या ४३ हजार ८२० पुगेको छ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*