पछिल्लो २४ घण्टामा देशभर थप १३२५ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
४ आश्विन २०७७, आईतवार १६:५७

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप १३२५ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आईबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभएको छ । योसंगै हालसम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६६ जना कारोना मुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा कारोना मुक्त हुनेको संख्या ४६ हजार २३३ जना पुगेको छ् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १० पुगेको छ । योसंगै हालसम्म कुल मृत्यु हुनेको संख्या ४११ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*