६ महिनापछि आन्तरिक हवाई उडान सुरु

खबरपथ संवाददाता
५ आश्विन २०७७, सोमबार १४:३४

काठमाण्डौैं । ६ महिना पछि आन्तरिक हवाई उडान आजबाट सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण चैत्र ११ गते देखि बन्द भएको हवाई सेवा  मंगलबारबाट सुरु भएको हो । नेपालमा हवाई सेवा प्रदान गरिरहेका ९ वटा कम्पनि मध्ये ८ वटाले सेवा सुरु गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उडडयन संगठनद्धारा बनाईएको कोरोना सम्बन्धि प्रोटकल पालना गर्ने गरि सेवा सुचारु भएको बताउनु भयो । बायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशत मात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने ब्यवस्था गरिएको पनि केसीले बताउनुभयो ।
यात्रुले आफु स्वस्थ्य भएको स्वयम घोषणा पत्र भर्नुपर्ने छ । नयाँ व्यवस्था अनुसार उडान समय भन्दा कम्तीमा दुई घन्टा अघि नै विमानस्थल पुग्नु पर्नेछ भने अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।
आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले पूरा यात्रु राखेर उडान गर्न पाउनु पर्ने माग राखेपछि सरकारले गत शुक्रबार पूरै यात्रु राख्न दिने अनुमति दिएको थियो । पूरैसिट क्षमतामा यात्रु राख्न पाइने भए पछि पूरानै भाडादरमा उडान भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*