चार दिनदेखि बेपत्ता अहेब मृत भेटिए

खबरपथ संवाददाता
५ आश्विन २०७७, सोमबार १५:४१

बुटवल । चार दिनदेखि बेपत्ता भएका रुपन्देहीका एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् । शुद्धोधन गाउँपालिकाको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब बिष्णुप्रसाद नेपाल मृत फेला परेका हुन् ।
शुद्धोधन गाउँपालिका–४ निवासी उनी गत बिहिबार राति बुटवलबाट हराएका थिए । तीन दिनसम्म खोजतलासपछि सोमबार तिलोत्तमा ११ बिहुली छत्तिस कुलोको नहरमा उनको शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।
गत बिहिबार राति १२ बजेतिर बुटवल–९ स्थित होटल पार्क प्लाजाबाट उनी लु २० प ४०६७ नं को मोटरसाइकलबाट निस्किएका थिए । त्यसको भोलिपल्ट उनी सवार मोटरसाइकल बुटवल–६ स्थित छत्तीस कुलो नहर छेउमा फेला परेको थियो । नहरमा खसेको आशंकामा प्रहरीले नहरको पानी बन्द गराएर खोजतलास गरेको डीएसपी खत्रीले बताए ।
मृतक अहेबको एक श्रीमती र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*