पछिल्लो २४ घण्टामा थप १,३५६ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
६ आश्विन २०७७, मंगलवार १७:०९

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १,३५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित मिडिया ब्रिफिङ्गमा जानकारी दिनुभयो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६६,६३२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना मुक्त भएका छन् । योसंगै हालसम्म देशभर कोरोना निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर हालसम्म ४२९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रलायले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*