राष्ट्रिय सम्मानसहित पर्वतारोही शेर्पाको अन्त्येष्टि

खबरपथ संवाददाता
७ आश्विन २०७७, बुधबार १५:१४

काठमाडौं । विश्व कीर्तिमानी आरोही ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । उनको  बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पा प्रति सलामी अर्पण गरे ।

शव यात्रासहित शेर्पाको पार्थिब शरिर टेकु दोभान पुर्याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजन लगायतको सहभागीता थियो ।

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको असोज ५ गते काठमाडौं स्थित छोरीको घरमा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*