देशभर अविरल वर्षा, सतर्क रहन आग्रह

खबरपथ संवाददाता
८ आश्विन २०७७, बिहीबार ०९:२७

काठमाण्डौं । देशभर अबिरल भएको बर्षा शनिवारसम्म रहने जलतथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ ।

मौसम  विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरुमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १,२,गण्डकी प्रदेश ,५ र कर्णालीका केही स्थानमा अतिभारी बर्षा भैरहेको छ ।

मौसम  विभागका अनुसार भारी वर्षाको सम्भवना रहेका स्थानहरुका नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । नेपालमा मनसुन बाहिरीन अझै केही दिन लाग्ने विभागले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*