बुटवलको कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु

खबरपथ संवाददाता
८ आश्विन २०७७, बिहीबार १२:५५

बुटवल । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कपिलबस्तु बुद्धभूमि ६ का ५० बर्षिय पुरुष र नवलपरासी रामग्राम ३ का ४९ बर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभएको छ ।
मधुमेह र मृगौलाको समस्या रहेका कपिलबस्तुका पुरुषलाई गत असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै कलेजोको समस्या रहेका नवलपरासीका पुरुषलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो ।

उनीहरु दुबैको ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । दुबै जनाको बिहीबार बिहान मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*