पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
८ आश्विन २०७७, बिहीबार १९:२७

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबारको नियमित मिडिया ब्रिफिङमा डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना निको भएको छ । योसंगै हालसम्म देशभर ५० हजार ४११ जना कोरोना निको भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*