बुटवलमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

खबरपथ संवाददाता
८ आश्विन २०७७, बिहीबार २०:४८

बुटवल । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्थायी अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा ११ वनगाईकी ७० वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो ।
दम र मृगौलाको समस्या रहेको उनमा असोज ५ गते कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा उपचारको क्रममा बिहिबार साँझ साढे ५ बजे मृत्यु भएको डा.गौतमले जानकारी दिनुभयो ।

बिहीबार नै बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी  र कपिलवस्तुका दुईजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*