पछिल्लो २४ घण्टामा थप १,३१३ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
९ आश्विन २०७७, शुक्रबार १९:३६

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १,३१३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना निको भएका छन् । यो संगै हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ ह्जार ८६६ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी १८ हजार २८९ जना सक्रिया सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*