बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

खबरपथ संवाददाता
९ आश्विन २०७७, शुक्रबार २०:३१

बुटवल । बुटवलको धागोकारखाना स्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल ८ का ७२ बर्षिय पुरुषको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।
मृगौलाको समस्या रहेको उनको बिहिबार स्वाव संकलन गरिएकोमा शुक्रबार बिहान कोरोना पुष्टि भएको गौतमले बताउनुभयो । संक्रमण पुष्टि भएसंगै शुक्रबार बिहान उनी अस्पतालमा भर्ना भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*