बितेको २४ घण्टामा थप १२०७ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१० आश्विन २०७७, शनिबार १८:४९

काठमाण्डौं । बितेको २४ घण्टामा देशभर थप १२०७ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।
त्यसैगरी बितेको २४ घण्टामा १ हजार १४७ जना कोरोना मुक्त भएका छन् । योसंगै देशभर हालसम्म कोरोना मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ ।

त्यसैगरी बितेको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्युहुनेहरुमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष त्यसैगरी ललितपुर र भक्तपुरका ७६ र ८८ वर्षीय पुरुष सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*