राष्ट्रपतिद्धारा एसिड छ्याप्नेलाई कारबाही गर्ने सम्बन्धी अध्यादेश जारी

खबरपथ संवाददाता
१२ आश्विन २०७७, सोमबार १६:१६

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव तथा अन्य घातक एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने सम्बन्धी अध्यादेश जारीगर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन,सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने लगायत अन्य कडा प्रावधान राखिएको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*