बितेको २४ घण्टामा थप १,३५१ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१२ आश्विन २०७७, सोमबार २१:०४

काठमाण्डौं । बितेको २४ घण्टामा नेपालमा थप १,३५१ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७४,७४५ पुगेको छ ।
त्यस्तै बितेको २४ घण्टामा थप ७४२ जना कोरोना मुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना मुक्त हुनेको सख्या ५४,६४० पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हाल सम्म कोरोना संक्रमितहरुको सख्या ४८१ पुगेको छ ।

यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन  र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*