तरुण दल प्रगतीनगरमा नेतृत्व चयन

खबरपथ संवाददाता
१३ आश्विन २०७७, मंगलवार १६:०५

बुटवल  ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तिब्र पारिएको छ । जस अन्तरगत तरुण दल बुटवल उपमहानगरपालिका वडा न ११ प्रगतीनगर ईकाई गठन भएको हो । तरुण नेता साजन भारीको अध्यक्षतामा भएको कार्यक्रमा कांग्रेसका वडा सभापती चित्र वहादुर वर्माले अन्यायका विरुद्धमा तरुणहरु जागरुप हुनु पर्ने बताउनु भयो । उहांले तरुणहरुले श्रृजनशिल काम गरेमा कांग्रेसलाई समेत फाईदा पुग्ने बताउनुभयो ।


सो अवसरमा कांग्रेसका नेता जित वहादुर मल्लले विकृती र विसंगतीका विरुद्धमा तरुणहरु जाग्नु पर्ने वेला आएको बताउनु भयो । तरुण दलका नगर सभापती सुजन पुनले तरुणहरुलाई संगठित गर्ने र रचनात्मक कार्यमा लगाउने अभियानमा आफुहरु लागिरहेको बताउनु भयो ।

नेपाली कांग्रेसका क्षेत्रिय सहसचिव नेता भट्रराईले युवाहरु संरक्षणका लागि कांग्रेस सधै साथमा रहेको बताउनु भयो ।  कार्यक्रममा तरुण दलका जिल्ला सदस्य सुनिल शाही, वडा सचिव दुर्गा वहादुर खत्री, उपसभापती कृष्ण वहादुर जिसी लगायतले बोल्नु भएको थियो ।
भेलावाट गिरमान राजकोटीको अध्यक्षतामा २५ सदस्यीय तरुण समिति गठन भएको छ । उसको उपाध्यक्षमा आकाश थापा, सचिवमा अनित चौधरी, सहसचिवमा करिस्मा वस्याल, कोषाध्यक्ष मा कृष्ण थापा रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*