पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१४ आश्विन २०७७, बुधबार २०:२९

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
त्यसैगरी बितेको २४ घण्टामा थप १ हजार ५७ जनाले कोरोना जितेका छन् । योसंगै हाल सम्म नेपालमा ५६ हजार ४२८ जनाले कोरोना जितेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म ४९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ । २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*