दुर्गा वैदिकको आयोजनामा भर्चुअल माध्यमबाट पुरुषोत्तम महात्म्य सत्सङ्ग

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
१५ आश्विन २०७७, बिहीबार ०८:३४

तिलोत्तमा।   रूपन्देहीको नयाँमिलमा रहेको दुर्गा वैद्धिक परमान्द संन्यास आश्रमको आयोजनामा भर्चुअल माध्यमको प्रयोग गर्दै जुम प्रविधिबाट पुरुषोत्तम महात्म्य संत्सङ्ग कार्यक्रम सञ्चालन भैइरहेको छ । सो कार्यक्रममा आश्रमका पीठाधिस श्री एक हजार आठ स्वामी विवेकानन्द सरस्वती माहाराजको मुखारविन्द बाट प्रभचन भइरहेको आश्रमद्वारा संचालित गुरुकुलका शिक्षक श्यामप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा दैनिक पचास देखि सय जना सम्म भक्तजनहरुको उपस्थिति रहेको आश्रमका सह–अध्यक्ष दुर्गा प्रसाद खरेलले जानकारी दिनुभयो । मलमासको समयमा पुरुषोत्तम माहत्म्य श्रवण गर्नाले र पुरुषोत्तम भगवानको आरधनाले विभिन्न मनोकामना सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ ।
विश्व व्यापी फैलिएको कोभीड -१९  कारण भर्चुअल माध्यमबाटै भए पनि संत्सङ्गको आयोजना गरिएको स्वामी विवेकानन्द सरस्वती महाराजले बताउनुभयो । आश्रमको आयोजनामा अन्य समयमा पनि विभिन्न सत्सङ्गहरु हुने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*