अमेरिका र बेलायतका लागी खतिवडा र रेग्मी राजदूतमा सिफारिस

खबरपथ संवाददाता
१५ आश्विन २०७७, बिहीबार १३:३४

काठमाण्डौं । नेपाल सरकारले अमेरिकाको राजदुतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेका छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीका बरिष्ठ आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागी राजदुतको नियुक्तीका लागी सिफारिस गरेको हो ।
त्यस्तै गरी मन्त्रिपरिषद बैठकले मूख्य सचिबबाट राजिनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागी राजदुत नियुक्त गर्ने सिफारिस गरेको छ ।

त्यसैगरी बैठकले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*