बितेको २४ घण्टामा थप १,९११ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१५ आश्विन २०७७, बिहीबार २०:३९

काठमाण्डौं । बितेको २४ घण्टामा नेपालमा थप १९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

बितेको २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ९६१ जना रहेको छ । योसंगै नेपालमा हाल सम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५०९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*