प्रदेश पाँचको राजधानी भालुवाङ र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव पेश

खबरपथ संवाददाता
१६ आश्विन २०७७, शुक्रबार १६:३९

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ्को भालुवाङमा राख्ने प्रदेश सभामा प्रस्ताव गरेको छ । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शुक्रबार प्रदेश सभामा प्रदेश राजधानी दाङ्को भालुवाङ् र प्रदेशको नाममा लुम्बिनी राख्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
मन्त्री केसीले सदनमा उक्त प्रस्ताव गरेलगत्तै नेपाली काँग्रेसका सांसदहरुले भने उक्त निर्णयको उठेर बिरोध जनाएका छन् । सदनको शुक्रबारको कार्यसूचिमै उक्त बिषय नभएको र सरकारको तर्फबाट एकाएक प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ल्याएर सदनकै मानमर्दन गर्ने काम गरेको काँग्रेस सांसदहरुले आरोप लगाएका छन् ।
सत्तारुढ दलका अध्यक्षहरु प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल बिच प्रदेशको राजधानी दाङ् राख्ने सहमति भएलगत्तै प्रदेश सरकारको तर्फबाट संसदमा प्रदेशको नाम र राजधानीको प्रस्ताव प्रस्तुत भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*