राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देही आन्दोलनमा

खबरपथ संवाददाता
१६ आश्विन २०७७, शुक्रबार २१:०६

बुटवल । प्रदेश ५ सरकारले शुक्रबारको संसद वैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । उक्त प्रस्ताव संसदमा टेवल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टि सभापती अब्दुल रज्जाकद्धारा शुक्रबार जारी गरिएको विज्ञक्तीमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख छ ।

शेर वहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै अव पनि नेकपाका केहि नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी प्रयासको खिलाव सडक र सदन तताउने विज्ञक्तीमा उल्लेख छ ।
कांग्रेस रुपन्देहीको विज्ञक्तीमा पार्टिका आम कार्यकर्ता देखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्बसाधारणहरुलाई यो आन्दोलनमा सहभागि हुन अपिल गरिएको छ ।
वहुसंख्यक जनताको केन्द्र, पुर्वाधारका हिसावले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ । साथै यो आन्दोलनवाट हुने क्षतीको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समेत विज्ञक्तीमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*