प्रदेश राजधानी सार्ने प्रस्तावको व्यापार संघको कडा आपत्ति

प्रस्तावको विपक्षमा मतदान गर्न सभासदहरुलाई अनुरोध
खबरपथ संवाददाता
१६ आश्विन २०७७, शुक्रबार २१:२०

बुटवल । रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरि प्रदेश बैठकमा प्रस्ताव दर्ता गरेको कदमप्रति रुपन्देही व्यापार संघ कडा निन्दा तथा भत्सर्ना गर्दछ ।
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानीधि भण्डारीले संयुक्त रुपमा शुक्रवार जारी विज्ञप्तिमा लामो राजनीतिक आन्दोलनपछि मुलुकमा संघीय गणतन्त्र स्थापना भएको र राज्यको पुरनसंरचनाका क्रममा मुलुकलाई ७ प्रदेशमा विभाजन गरि सोही अनुसार सरकार सञ्चालन भएको अवस्थामा प्रदेशको स्थायी राजधानीको टुगों लगाउनु पर्नेमा जनभावना विपरित राजधानी सार्ने प्रस्ताव अगाडी सारिएकोमा आपत्ति प्रकट गरिएको छ ।

प्रदेश सरकारले बुटवलमा रहेको अस्थायी राजधानीलाई स्थायी बनाउने प्रक्रिया थाल्नुको सट्टा दाङ लैजाने प्रस्ताव गर्नु हामीले यस क्षेत्रलाई अखण्ड राख्न गरेको आन्दोलन र माग विपरित रहेको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल सो प्रस्ताव फिर्ता गर्न भनिएको छ । यस क्षेत्रका जनताले अखण्ड आन्दोलनमा देखाएको त्यो एतिहासिक सहभागिताको स्मरण गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सभासदहरुलाई रुपन्देहीबाट राजधानी सार्ने निर्णयको विपक्षमा दृढका साथ उभिनका लागि संघले अनुरोध पनि गरेको छ ।

विज्ञप्तिमा बर्तमान कोरोना रोगको महामारीको समयमा जनताको जीवन रक्षा र मुलुकको विग्रदो आर्थिक अवस्थालाई कसरी सुधार गर्नु पर्दछ भन्ने तिर ध्यान दिनु पर्नेमा प्रदेश सरकार जनताको भावना विपरित राजधानी सार्ने काममा लाग्नु निकै निन्दनिय रहेको उल्लेख गरिएको छ ।

प्रदेश निमार्ण भएसंगै त्यसलाई कार्यान्वयनमा ल्याउन र राजधानीको स्थायीत्वका लागी आवश्यक भौतिक संरचनाको व्यवस्था गर्न संघले आफ्नो भवन प्रदेश सरकारलाई उपभोग गर्न दिएको स्मरण गर्दै संघले राजधानीका लागि सबै प्रकारले उपयुक्त स्थान रुपन्देही नै रहेको कुरामा कुनै दुई मत नभएको जनाएको छ ।

संघले रुपन्देही बुटवलबाट प्रदेश राजधानी सार्ने प्रदेश सरकारको निर्णयलाई खारेज गराउन र रुपन्देहीलाई राजधानी तोक्न सबै व्यवसायीक संघसंस्था, पेशागत संगठन र आम सर्वसाधारणलाई एक जुट भएर अगाडी आउन हार्दिक अपिल गरेका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*