नेपाली काँग्रेसद्धारा भोली रुपन्देही बन्दको घोषणा,आज साँझ राँके जुलुस

खबरपथ संवाददाता
१७ आश्विन २०७७, शनिबार १५:४५

बुटवल । नेपाली काँग्रेस रुपन्देहीले भोली आइतबार रुपन्देही बन्दको घोषणा गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले भोली असोज १८ गते रुपन्देही बन्दको घोषणा गरेको हो । त्यसैगरी बैठकले आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस प्रर्दशन गर्ने भएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ्ग राख्ने प्रस्तावसंगै रुपन्देहीमा नेपाली काँग्रेसले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको हो ।

आज साँझ राँके जुलुस , भोली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको काग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

१९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको का‌ँग्रेस रुपन्देही सचिब रामकृष्ण खाँणले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*